नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा त्रिशुली अस्पताललाई आर्थिक सहयोग

नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा त्रिशुली अस्पताललाई आर्थिक सहयोग

विदुर । नुवाकोट अमेरिका सम्पर्क समितिले त्रिशुली अस्पताल नुवाकोटलाई कोभिड रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ । समितिले अस्पताललाई स्वास्थ्य सामाग्री खरिद गर्नका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

नुवाकोट लगायत विभिन्न जिल्लाबाट अमेरिकामा अध्ययन र रोजगारिको शिलशिलामा अमेरिकामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गर्न अस्पताललाई उक्त्त रकम उपलब्ध गराएको नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाका सचिव शैलेश आचार्यले जानकारी दिए ।