NALCA supported the victims of the Kispang Bus accident and other two serious patients. During the bus accident at kispang Nuwakot, 1 person was dead and 12 others were severely injured. NALCA Supported NRS. 50,000 to the family of the killed person and provided NRs: 20,000 each to the severely injured persons.
At the same time, NALCA also provided NRS: 50,000 each to the Cancer patient Mr. Yadavraj Lohani Residents of Belkotgadhi Municipality, liver disease patients Mr. Lal Bahadur Tamang’s spouse, residents of Tadi Rural Municipality, and also Mr. Harisharan Khadka Who was severely injured in a motorcycle accident and was suffering from it for a long time.
किष्पाङ बस दुर्घटनाका पीडितलाई आर्थिक सहयोग तथा अन्य रोगीहरुलाई आर्थिक सहयोग:
नुवाकोट । नुवाकोटबाट अमेरिका आई बसोबास गरिरहेका नुवाकोटेहरुको संगठन नुवाकोट अमेरिका सम्पर्क समितिले किस्पाङ बस दुर्घटना घाइतेहरु तथा विभिन्न घातक रोगबाट पीडितहरुलाई उपचारको लागि आर्थिक सहयोग गर्ने भएको छ।यसअघि नै समितिले उक्त दुर्घटनामा निधन भएका किस्पाङका रमेश तामाङको परिवार र मोटरसाइकल दुर्घटनामा परी घाइते बिदुर न. पा. ९ निवासी हरी शरण खड्कालाई ने रु ५०-५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको समितिका सचीव दिपेन्द्र दाहालले जानकारी दिनुभयो।
किस्पाङ बस दुर्घटनामा परी घाइते भएर अस्पातलमा उपचार गराइरहेका गम्भीर १२ जना बिरामीहरुलाई जनही ने रु २० हजार आर्थिक सहयोग गर्ने बिहिवार बसेको सम्पर्क समितीको आकस्मिक बैठक निर्णय गरेको सभापति विज्ञान खनालले पिटि अनलाईनलाई बताउनुभयो । त्यसै गरि समितिले बेलकोटगढि नगरपालिका १३ निवासी क्यान्सर को उपचार गराइरहेका यादबराज लोहनीको उपचारलाई ने रु ५०,०००।/-र तादी गाउपालिका वडा ४ निवासी लाल बहादुर तामाङ को श्रीमतीको कलेजोको उपचारको ने रु ५०,०००/- आर्थिक सहयोग गर्ने घोषणा गरेको सभापति खनालले जानकारी दिनुभयो।
समितिले सहयोग जुटाउन सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेको छ।समितिले विभिन्न समयमा नुवाकोटमा विभिन्न सहयोग गर्दै आईरहेको छ। गत कार्तिक १ गते सोमबार बिहान किस्पाङको भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने घाइते संख्या ५२ पुगेको स्थानीय प्रशासनले जनाएको छ । मृत्यु हुने किस्पाङको रमेश तामाङ रहेको
> Source : Nuwakot Jagaran