नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाको तर्फबाट श्री पञ्चकन्या माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्विको लागि नुवाकोट अमेरिका सम्पर्क समितिको नेतृत्वमा निम्न बमोजिम सहयोग प्राप्त भएको छ।
नुवाकोट अमेरिका सम्पर्क समितिको संस्थागत तर्फबाट ३०० डलर ,ज्योति पाण्डेबाट ५१ डलर, रामेश्वर खनालबाट ५० डलर, रामकृष्ण भट्टबाट २५ डलर, कृष्ण लोहनीबाट ५० डलर तथा अमेरिका निवासी यसै विद्यालयका पूर्व विद्यार्थीहरू साधना पनेरूबाट १०० डलर , सरस्वती पाण्डेबाट १११ डलर र रविना मुडबरीबाट ८० डलर गरी जम्मा ७६७ डलर नेपाली रू ९८,१७६ प्राप्त हुन आएको छ। जाडाे माैसममा पनि विद्यार्थीहरूको उपस्थिति लाई नियमित गराइ विद्यालयको शैक्षिक गुणस्तर थप अभिबृद्वि गर्न प्राप्त रकमबाट विद्यार्थी भाइबहिनीहरूलाई २०४ थान न्यानो स्विटर खरिद गरेर वितरण गरिएको छ। विशेषगरी यो सहयोग सङ्कलन गरेर विद्यालयसम्म आइपुग्न सहयोग गरी यसको सम्पूर्ण नेतृत्व लिनुहुने नुवाकोट अमेरिका सम्पर्क समितिका निवर्तमान अध्यक्ष विज्ञान खनाल र उहाँको टिमलाई तथा यसै संस्थामा जोडिएर आफ्नो विद्यालय जीवनका सु नौला समयहरू पञ्चकन्यामा बिताएका हाम्रा प्यारा पूर्व विद्यार्थीहरूले गर्नु भएको सहयोग प्रती आभार प्रकट गर्दै विद्यालयको र मेरो ब्यत्तिगत तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।
साथै नुवाकोट अमेरिका सम्पर्क समितिको भर्खरै सम्पन्न अधिवेशनबाट गठित नयाँ कार्यसमितिका अध्यक्ष डा.दीपेन्द्र दाहाल र उहाँको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। -Saraswati Shrestha